काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८९ पैसा र विक्री दर १३३ रुपैयाँ ४९ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८४ पैसा र विक्री दर १३३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १३९ रुपैयाँ ५६ पैसा र विक्री दर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १३९ रुपैयाँ १२ पैसा र विक्री दर १३९ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ भने घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २० पैसा र विक्री दर १८ रुपैयाँ २८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १९ पैसा र विक्री दर १८ रुपैयाँ २८ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?