काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन पनि चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२३ डलरमा कारोबार हुँदैछ ।