काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडादशंै बडा अफर’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले टाटा आइस रेञ्जका गाडीको खरीदमा रु सात लाख तीस हजारसम्मको फाइदा पाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी करमा छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाउन सक्नेछन् । यसका साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीको भनाइ छ ।
बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।