काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार (आज) अमेरिकी डलरको विनिमय दर स्थिर राखेको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९० पैसा र विक्री दर १३३ रुपैयाँ ५० पैसा तोकेको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९० पैसा र विक्री दर १३३ रुपैयाँ ५० पैसा थियो ।
आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४० रुपैयाँ ७१ पैसा र विक्री दर १४१ रुपैयाँ ३४ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४० रुपैयाँ ३४ पैसा र विक्री दर १४० रुपैयाँ ९८ पैसा थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ भने स्थिर छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २० पैसा र विक्री दर १८ रुपैयाँ २८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २० पैसा र विक्री दर १८ रुपैयाँ २८ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?