काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८८२ डलरमा कारोबार हुँदैछ ।