काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको २६ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । सभा ललितपुरको जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय वितरणसँग सम्बन्धी टिप्पणीहरू पारित गरेको छ ।
सभा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।