काठमाडौं । अघिल्लो आर्थिक वर्ष (आव)मा करीब साढे २ करोड नोक्सान व्यहोरेको ओरियन्टल होटल्स लिमिटेडले गत आवमा १६ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको साधारणसभा सम्पन्न भएपछि बिहीवार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार आव ०७९/८० मा कम्पनीले १६.०९ करोड खुद नाफा आर्जन गरेको छ । आव ०७८/७९ मा भने कम्पनी २.४६ करोड नोक्सानीमा थियो ।
आव ०७९/८० मा १२१.१० करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीको ७९.४८ करोड रुपैयाँ कुल सञ्चालन खर्च भई ४१.६३ करोड रुपैयाँ सञ्चालन नाफा भएको थियो ।
गत आवमा पर्यटन आगमनमा सुधार हुँदा कम्पनी नाफामा गएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।