ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा

२०८० असोज, २५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र पाउने नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । 

सभा काठमाडौं नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयका सम्पन्न भएको हो । सभाले कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण आर्थिक वर्ष ०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ । साथै सभाले विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई शेयर निष्कासन, कम्पनी गाभ्ने वा गाभिने, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । 

उक्त साधारण सभाबाट कम्पनीको रिक्त सञ्चालकका मोरङ, विराटनगरकी नमिता शर्मालाई नियुक्त गरिएको छ । उनलाई संस्थापक समूहबाट कम्पनीको सञ्चालकका नियुक्त गरिएको हो । 

सभामा संस्थालाई योगदान पुर्याउने संस्था, व्यक्ति तथा कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ । 

फेडेरल विश्वकै प्रतिष्ठित United Registrar of Systems (URS), United Kingdom बाट ISO 9001:2015 गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एक मात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिह्नले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजबुत रहेको पुष्टि गर्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)