ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट्रल फाइनान्सद्वारा विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण

२०८० असोज, २८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको चावहिल शाखाले काठमाडौंको एक विद्यालयका विद्यार्थीहरूलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सले काठमाडौं महानगरपालिका–६, रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

फाइनान्सकी शाखा प्रमुख सरिता श्रेष्ठले युनिफर्म तथा शैक्षिक सामग्रीहरू विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राईलाई हस्तान्तरण गरिन् । हस्तान्तरणपछि शाखा प्रमुख श्रेष्ठ र प्रधानाध्यापक राईले संयुक्तरूपमा विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गरेका थिए । 

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ११ जना विद्यार्थीलाई युनिफर्म तथा ७ जना विद्यार्थीलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)