कठमाडौं । ग्लोबल आइएमई बैंकले बडादशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छूट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखि रु. ५०० सम्मको नगद फिर्ता पाउनेछन् । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकले योजना अवधिभर कम्तीमा रु. १००० को ३ ओटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई लक्षित गरी छूट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आफूलाई आवश्यक सरसामानहरू खरीद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘म्ब्क्ज्ब्क्ष्ल्’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरीद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छूट पाउने कम्पनीले जनाएको छ ।
यी योजना आज (घटस्थापना)देखि कात्तिक ७ गते (विजयादशमी) सम्म लागू हुनेछन् ।