काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक विक्रेता अग्नी ग्रुप (बालाजु अटो वर्कस)ले ललितपुरको कुपण्डोलमा नयाँ ट्वीन पीक टु एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
सर्भिस सेन्टरको सोमवार महिन्द्राका क्षेत्रीय प्रबन्धक जोइदीप मोइत्रा, नेपाल कन्ट्री हेड चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा लगायतले संयुक्तरूपमा उद्घाटन गरे ।
अग्नी ग्रुपले हाल नेपालभर रहेका शाखामार्फत सेवाग्राहीलाई गुणस्तरीय सेवा दिँदै आएको बताएको छ ।