काठमाडौं । नेपालका लागि ओकाया विद्युतीय स्कुटरको आधिकारिक विक्रेता निम्बस इन्टरनेशनलले ओकाया स्कुटरका विभिन्न मोडल विक्रीको घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा ओकाया स्कुटरको शोरुमको शुभारम्भ गर्दै कम्पनीले विक्री शुरुआत गरेको हो ।
यो स्कुटर एक पटक चार्ज गर्दा १४० देखि १६० किमीको रेन्ज र ७० किमी प्रतिघन्टाको उच्च गतिमा चल्ने बताइएको छ । स्कुटर भरपर्दो, लागतमैत्री र आनन्ददायी भएको कम्पनीको भनाइ छ ।
अत्याधुनिक प्रविधि, उच्च क्षमताको लिथियम आयन ब्याट्री रहेको स्कूटरमा तीन वर्षको वारेन्टी रहेको बताइएको छ । मेटालिक ब्ल्याक, मेटालिक स्यान, म्याट ग्रीन, मेटालिक ग्रे, मेटालिक सिल्भर र मेटालिक सेतो रङमा उपलब्ध स्कुटरले राइडरलाई अनौठो अनुभूति प्रदान गर्ने कम्पनीको भनाइ छ ।
जसको मूल्य रू. २ लाख ४० हजारदेखि ३ लाख ७५ हजारसम्म रहेको बताइएको छ । निम्बसका निर्देशक प्रदीपकुमार अग्रवालले ओकाया सबैभन्दा सुरक्षित ई–स्कुटरको रूपमा नेपालमा भित्र्याइएको दाबी गरे ।