ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा थप सुविधा

२०८० कात्तिक, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स स्मार्ट मोबाइल बंैकिङ एपमा नयाँ सुविधा थप गरेको छ । हाल मोबाइल बंैकिङ एपमार्फत नियमित प्रदान गर्दै आएका सेवाको अतिरिक्त अन्य उपयोगी सेवा समेत थप गरेको बैंकले बताएको छ । अब ग्राहकले मोबाइल बंैकिङ एपमार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधा पाउनेछन् ।

ग्राहकलाई यसअघि नै विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकले अब मोबाइल बंैकिङ एपमार्फत नै प्रिभिलेज सेवा प्रदान गर्ने भएको छ । यस सेवाअन्तर्गत ग्राहकले बंैकका तोकिएका सम्पर्क अधिकृतमार्फत बैंकिङ सेवा प्राप्त गर्न सक्ने बताइएको छ । परिमार्जित एप प्रयोगकर्तामैत्री बनाउनुका साथै नेपालपेको क्यूआरमार्फत व्यापारीलाई क्यूआर स्क्यान गरी भुक्तानीको सुविधा जस्ता विभिन्न नयाँ सुविधा थपिएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)