काठमाडौं। अग्नि ग्रुपले जनकपुरधाम उपमहानगरपालिका–२ मा महिन्द्राको नयाँ ट्वीन पिक्स ब्राण्डेड आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू स्कर्पियो एन, एक्सयूभी सेभेन डबल ‘ओ’ र एक्सयूभी थ्री डबल ‘ओ’ सार्वजनिक गर्दै शोरुम सञ्चालनमा ल्याएको हो । महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष (अन्तरराष्ट्रिय अपरेसन अटो) जोयदीप मोइत्राले कम्पनीका सबै विक्री साइटमा समानस्तरको सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि हासिल गरेको बताए । ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालले अग्नि इन्कर्पोरेटिभको जनकपुर डिलरले नयाँ चुनौतीलाई सामना गर्दै नयाँ ट्वीन पिक्स ब्राण्डेड महिन्द्राका एसयूभी स्पेयर पार्टहरूसँग गुणस्तरीय विक्री र सेवा प्रदान गर्ने बताए । अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर वरदान बस्नेतले नयाँ ट्वीन पिक्स सिरिजले मधेश प्रदेशमा सकारात्मक बजार कायम राख्ने अपेक्षा गरे ।