काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् मंगलवार सुन १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९३७ डलरमा कारोबार हुँदैछ ।