काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रबलजंग पाण्डेले बुधवार शपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैंकिङ क्षेत्रको विषयमा धारणा राखेका थिए । अध्यक्ष पाण्डे बैंकको १७औं साधारणसभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका थिए । पाण्डे चार वर्ष बैंकको सञ्चालकको रूपमा रहिसकेका छन् । इन्जिनीयरिङ संकायमा स्नातक पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधि उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय छन् ।