ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इप्पानको दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापन तालीम 

२०८० कात्तिक, २  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपावर (आईसीएच)को सहआयोजनामा दुईदिने दिगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालीम सम्पन्न भएको छ ।

सोमवार र मंगलवार काठमाडौंमा आयोजना गरिएको उक्त तालीममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीको सहभागिता थियो । दुईदिने तालीमको उद्घाटन कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीको क्षमता वृद्धिका लागि तालीमले नवीकरणीय ऊर्जा क्षेत्रको वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि तालीम आयोजना गरिएको बताइन् । इप्पानले आईसीएचको सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक–पर्यावरण द्वन्द्व व्यवस्थापन सम्बन्धी पाँचदिने तालीम असोज २२ देखि २६ गतेसम्म आयोजना गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)