ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई र अस्ट्र टेकबीच रेमिट्यान्स प्रवर्द्धन समझदारी

२०८० कात्तिक, २  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवद्र्धित ‘बोटिम अल्ट्रा एप’मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । सम्झौता अनुसार यूएईको केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बोटिम अल्ट्रा एपमार्फत आइएमईपे मा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्न दुवै पक्षले सहकार्य गर्ने भएका हुन् ।

यस रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रवर्द्धन गर्दै कारोबारको डिजिटल रूपान्तरणमा सहयोग पुग्नुका साथै आइएमईका सेवाग्राहीलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवाप्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले जानकारी दिए । अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आइएमईसँगको साझेदारीबाट उत्साहित रहेको भन्दै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)