काठमाडौं। चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले रिचार्जमा बोनस अफर ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रू. २०० वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्ने बताइएको छ । कात्तिक १ देखि शुरू भएको यो योजना कात्तिक १५ गतेसम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ । रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २ हजार एमबीदेखि ८ हजार एमबीसम्म बोनस डेटा प्राप्त गर्न सक्नेछन् ।
रू. २०० देखि रू. ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने १ हजार ६०० एमबी डेटा बोनस स्वरूप प्राप्त गर्ने कम्पनीको भनाइ छ । त्यस्तै रू. ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २ हजार ४०० अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने ५ हजार ६०० एमबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन् । बोनस स्वरूप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने बताइएको छ ।