ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 समृद्धी फाइनान्सको ‘समृद्धिबाट रिचार्ज, अब हुनेछ फ्रि चार्ज’ योजना

२०८० कात्तिक, २  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। समृद्धि फाइनान्सले दशैंको अवसरमा ‘समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी रू. ५०० वा सोभन्दा बढी रकम टपअफ गर्दा ५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । असोज २८ देखि शुरू भएको यो योजना कात्तिक ११ गतेसम्म लागू हुने बताइएको छ । संस्थाले हाल १३ ओटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधासमेत प्रदान गर्दै आएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)