काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ । यसअघि गत साउन ४ गते अहिलेसम्मकै उच्च मूल्यमा कायम भएको थियो । सो दिन सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९४८ डलरमा कारोबार हुँदैछ ।