ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकको सन्देशमूलक दशैं भिडियो सार्वजनिक

२०८० कात्तिक, ३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्न अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउनका लागि भिडियो सामग्री पस्कँदै आएको बैंकले बडादशैंको अवसरमा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियोमार्फत उच्च शिक्षापश्चात् आफ्ना सन्तान घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र शीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्छन भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको बैंकले जानकारी दिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुशी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ । नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)