विराटनगर। मोरङ व्यापार संघ विराटनगरले बिहीवार चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघले दशैं, तिहार, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा बिहीवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, नेकपा माओवादी केन्द्रका संघीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदी, नेकपा एमाले नेता विनोद ढकाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद अमृत अर्याल, कांग्रेस नेता गयानन्द मण्डल, विभिन्न कार्यालयका प्रमुख, संघका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति थियो ।