ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बडादशैंपछि मनकामना केबलकार सञ्चालनमा

२०८० कात्तिक, ९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादशैंका अवसरमा दशैंमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।   

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४, कुरिनटारबाट १० मिनेटमा पुग्ने केबलकार बनाइएको हो । विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)