काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बत्तीसपुतलीस्थित द द्वारिकाज् होटलबीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि बैंकका कार्डवाहक ग्राहकले होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । बैंकले देशभर फैलिएका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ ।