ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सञ्चारमाध्यममा आएको कर्जा प्रवाहको समाचार भ्रामक’ 

२०८० कात्तिक, १५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सानिमा बैंकले बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित भएको बताएको छ । बैंकले मंगलवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत केही समयदेखि केही सञ्चारमाध्यममा बैंकका अध्यक्षको फोटोसमेत राखी सर्वसाधारणमा भ्रम फैलाउने गरी भएको तथ्यहीन समाचार प्रकाशनमा बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उक्त समाचारमा सत्य नभएको र बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनको पालनाका साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । ‘यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सम्बद्ध पक्षलाई सूचित गर्दछौं । यस्ता भ्रामक गतिविधिका विरुद्ध कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन बैंक बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)