ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरमै थला परेकी मायादेवीले पाइन् उपचार

२०८० कात्तिक, १५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। आर्थिक अभावका कारण पाँच महीनादेखि उपचार नपाएर घरमै थला परेकी विराटनगर महानगरपालिका–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार शुरू भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको पहलमा सहनीको सोमवारदेखि कोशी अस्पतालमा नि:शुल्क उपचार शुरू भएको हो । 

सहनीको विराटनगर–१२ मंगलवार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । नगरप्रमुख कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित सहनीको घरमा पुगेका थिए ।

सहनीको स्वास्थ्य अवस्था बुझेपछि नगरप्रमुख कोइरालाले तत्काल उपचारको व्यवस्था मिलाउन महानगरको स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई निर्देशन दिएका थिए ।

गर्दनको नसा च्यापिएर गम्भीर बिरामी भएकी सहनी हलचल गर्न नसक्ने अवस्था थिइन् । असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नसा च्यापिएको थियो । गम्भीर बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै फर्किएकी थिइन् । उनको परिवारमा खाद्यान्नको समेत समस्या देखिएकाले महानगरले खानाको व्यवस्था गरिदिने नगरप्रमुख कोइरालाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)