ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० कात्तिक, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९० पैसा र विक्री दर १३३ रुपैयाँ ५० पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९७ पैसा र विक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम भएको थियो ।

आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४१ रुपैयाँ २५ पैसा र विक्री दर १४१ रुपैयाँ ८९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४० रुपैयाँ १७ पैसा र विक्री दर १४० रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १७ पैसा र विक्री दर १८ रुपैयाँ २५ पैसा कायम भएको थियो । 
कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)