काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालि (बीजेएन)बीच बैंकको चालू पूँजी कर्जालाई सहज बनाउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र बीजेएनका व्यवस्थापन सल्लाहकार साइबल घोषले हस्ताक्षर गरेका छन् । बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट कार्यालयका साथै १२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।