काठमाडौं। कुमारी बैंक लिमिटेडले तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । योजनाले तिहार र छठ हर्षोल्लासका साथ मनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने बताइएको छ । पोस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट कारोबार गर्दा क्यासब्याक पाइने कम्पनीको भनाइ छ । नेपाली समुदायको खुशीमा साथ दिने आफ्नो प्रतिबद्धतालाई आत्मसात् गर्दै आगामी कात्तिक २६ देखि मङ्सिर ३ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको बताइएको छ । बैंकले आफ्नो सञ्जालमार्फत बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।