ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाइटीकाको थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

२०८० कात्तिक, २१  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन दिदीभाइको सम्बन्धबारे ३ देखि ५ मिनेटको भिडियो प्रस्तुत गर्नुपर्नेछ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोग सम्बन्धी विषयवस्तु पनि समेटिनुपर्ने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका विजेताको घोषणा कात्तिक २९ गते भाइटीकाको दिन गरिनेछ । प्रतियोगिताको भिडियो बिहीवारसम्म बुझाउनुपर्ने बताइएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)