ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प प्रभावितलाई सूर्य नेपालको १ करोड ४० लाख सहयोग

२०८० कात्तिक, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सूर्य नेपाल प्रालिले भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत जिल्लामा भएको क्षतिमा तत्काल उद्धार, राहत तथा पुन:स्थापनाका लागि १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी उक्त रकम बराबरको चेक मंगलवार कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम्, भाइस प्रेसिडेन्ट रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो । कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, तारपोलिन र ब्ल्याङ्केट जाजरकोट पठाइसकेको र ५ लाख रुपैयाँ बराबरको औषधि प्रभावित क्षेत्रतर्फ जाने वीर अस्पतालको टोलीलाई हस्तान्तरण गरिसकेको जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)