ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा

२०८० कात्तिक, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेशनल (गल्फ)का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देशक अमित अली र उपमहाप्रबन्धक रिसा हमातसुकीले संयुक्त रूपमा ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन गरेका हुन् । यससँगै अब ग्राहकले ब्रदरका उत्पादन शुरूमा आफै अनुभव गरेर पनि खरीद गर्न सकिनेछ । यसले ग्राहकमाझ थप विश्वास सृजना गर्ने सागर ग्रुपको विश्वास रहेको छ ।

विगत १५ वर्षदेखि ब्रदरका प्रडक्टको आधिकारिक वितरक रहेको सागर ग्रुपले कलंकीमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त सेन्टरमा गएर नि:शुल्क ब्रदरका प्रडक्ट अनुभव गर्न सकिनेछ । ब्रदर एक्सपेरियेन्स सेन्टरमा ब्रदर इन्कजेट प्रिन्टिङ टेक्नोलोजी, ब्रदर लेजर टेक्नोलोजी, ब्रदर सिविङ मेसिन, ब्रदर डक्युमेन्ट स्क्यानर सोलुसन, ब्रदर लेबल प्रिन्टिङ इन्नोभेसन जस्ता मेसिनको प्रदर्शनी राखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)