काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छूट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि २२ सम्म रहने यस छूट योजनाअन्तर्गत ग्राहकले बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरीद गर्दा कुल खरीदको १५ देखि २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार रुपैैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाउनेछन् । बैंकका कार्डवाहकले छूट पाउन दराज एपबाट बैंकको कार्डको छूट भौचर संकलन गर्नुपर्ने बताइएको छ ।