काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९२ पैसा र विक्री दर १३३ रुपैयाँ ५२ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८५ पैसा र विक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम भएको थियो ।
आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ०८ पैसा र विक्री दर १४२ रुपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ ८५ पैसा र विक्री दर १४३ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ भने बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २५ पैसा र विक्री दर १८ रुपैयाँ ३३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २८ पैसा र विक्री दर १८ रुपैयाँ ३६ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?