ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टीभीएस एनटर्क १२५ सीसी ड्रम रेडमा सार्वजनिक

२०८० कात्तिक, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध रहेको बताइएको छ ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीका लागि यो स्कुटर उपयुक्त हुने बताए । उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारीसाधन र अपग्रेड ल्याउने प्रयासमा कम्पनी निरन्तर रहेको उनको भनाइ छ । यसमा ९ दशमलव ४ पीएस पावरसहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको बताइएको छ । त्यस्तै स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीको भनाइ छ । टीभीएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९०० रहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)