काठमाडौं। दन्त स्वास्थ्य ब्रान्डको रूपमा स्थापित क्लोजअप नेपाल ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टसँग आबद्ध हुने भएको छ । नोभेम्बर २५ मा काठमाडौंमा हुने यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गर्दै छ । यस कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा क्लोजअपको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा स्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु रहेको बताइएको छ । पछिल्लो समयमा कलाकार सुशान्त केसीसँगको सहकार्यमा क्लोजअपले सामाजिक सञ्जालमा फस्र्ट मुभ ‘नजिक आउ’ डिजिटल अभियान चलाएको थियो, जसको उद्देश्य आत्मविश्वास र ताजगीका साथ आफ्नो मन पर्ने व्यक्तिप्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ ।