ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट्रल फाईनान्सद्वारा विद्यालयलाई कम्प्युटर सामग्री वितरण तथा आर्थिक सहयोग

२०८० कात्तिक, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले भक्तपुर नगरपालिकाका विद्यालयहरूलाई कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ । 

फाईनान्सको भक्तपुर शाखाले भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा रहेको हंसबाहिनी आधारभुत विद्यालय र वडा नम्बर ९ मा रहेको ब्रम्हाचारिणी आधारभुत विद्यालयमा एक–एक थान कम्प्युटर, थ्री इन वन प्रिन्टर तथा युपीएस वितरण गरेको छ । साथै ब्रह्मायणी आधारभुत विद्यालयलाई फल्स सिलिङको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको फाईनान्सले जानकारी दिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैंया प्रजापतिले उक्त सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरिन् । 

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाको रूपमा २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, RTGS, Merchant QR Payment, QR Teller, रेमिट्यान्स सेवा, सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)