काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्टस्का दुई नयाँ प्रोडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि म्याकका नयाँ दुई प्रोडक्ट सार्वजनिक गरेको हो ।
कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक पि सुधाहर, हेड ल्युब अमरप्रित सिंह आलुवालिया, डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर मनिन्दर सिंह र सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, चिफ म्यानेजर दिनेश केसीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आवद्ध डिलरहरूमध्ये उत्कृष्ट डिलरहरूलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।