ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प प्रभावितलाई नेपाल एसबिआई बैंकको २० लाख सहयोग

२०८० कात्तिक, २६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल एसबिआई बैंकले जाजरकोट भूकम्पका प्रभावितको राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जाने गरी उक्त रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, मुख्य व्यापार प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीको उपस्थिति थियो । यसअघि बैंकले जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई खाद्य सामग्री सहयोग गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)