काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको राहतका लागि खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ । बैंकले भूकम्प प्रभावितको तत्काल राहत सहयोगार्थ जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालय, जाजरकोटमार्फत चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल मन्डी २५ बोरा (५०० थान) शुक्रवार छेडागाड नगरपालिकालाई बुझाएको हो ।
बैंकले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको बताइएको छ । जिन्सी सामग्री सहयोग सो घोषणा बाहेकको सहयोग भएको बैंकको भनाइ छ ।