ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोस्रो बजारमा धितोपत्रको आपूर्ति घट्यो

२०८० कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा धितोपत्रको आपूर्ति कम भएको देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको असोज र कात्तिकको सूचीकृत धितोपत्रको तथ्याङ्कलाई तुलना गर्दा दोस्रो बजारमा धितोपत्रको आपूर्ति कम भएको देखिएको हो । 

नेप्सेका अनुसार असोजमा १२ कम्पनीको आईपीओ, बोनस शेयर र ऋणपत्र गरी १५ करोड १३ लाख ७९ हजार ८१५ कित्ता धितोपत्र सूचीकृत भएको थियो । असोजमा ८ कम्पनीको साधारण शेयर, एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । असोजमा नागरिक लगानीकोष, नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स फाइनान्सले बोनस शेयर सूचीकृत गराएका थिए । 

उक्त महीनामा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको थियो । सिद्धार्थ बैंकले विक्री गरेको ९ प्रतिशत ब्याजदरको नेपाल एसबिआई ऋणपत्र २०८९ सूचीकृत गराएको थियो । असोजमा आईपीओ सूचीकृत गराउने कम्पनीहरूमा सन् नेपाल लाइफ इन्स्योरेन्स, अपर लोहोरेखोला हाइड्रोपावर, मनकामना ईन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरन्स, माण्डु हाइड्रोपावर, हाथवे इनभेष्टमेण्ट, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर थिए । 

कात्तिकमा भने तीन कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको आईपीओ गरी पाँच कम्पनीको ६ करोड ७० लाख ८७ हजार ९६ दशमलव ७२ कित्ता धितोपत्र सूचीकृत भएको छ । असोजको तुलनामा कात्तिकमा करीब ५६ प्रतिशत कम धितोपत्र सूचीकृत भएको हो । असोजको तुलनामा कात्तिकमा सार्वजनिक विदा बढी परेकाले धितोपत्र सूचीकरण प्रक्रिया पनि कम भएको देखिन्छ । कात्तिकमा नेशनल हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स र अपि पावरको हकप्रद शेयर सूचीकृत भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र माथिल्लो मैलुङखोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । 

असोज र कात्तिकमा सूचीकृत धितोपत्रको कित्ता

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

बजार पनि घट्दो

यतिबेला धितोपत्र दोस्रो बजार १ हजार ८५२ विन्दुमा छ । २०७८ भदौ २ गते ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको नेपालको धितोपत्र दोस्रो बजार पछिल्लो वर्ष भने घटिरहेको छ । नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जाको सीमासम्बन्धी व्यवस्थाका कारण लामो समय बजार घटेको लगानीकर्ताले उल्लेख गर्ने गरेका छन् । 

आम लगानीकर्ताको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले असोजमा शेयर धितोकर्जाको यसअघिको अधिकतम १२ करोड रुपैयाँसम्मको सीमालाई बढाएको छ । राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थागत लगानकर्ताको हकमा अधिकतम २० करोड रुपैयाँसम्मको सीमा कायम गरेको छ । 

शेयर धितोकर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ताहरू सीमा बढाएर पनि खुसी हुन सकेका छैनन् । यद्यपि पछिल्लो साताको कारोबारमा भने धितोपत्र दोस्रो बजार केही सकारात्मक बनेको छ । मंंसिरमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । धितोपत्र दोस्रो बजारमा आपूर्ति बढेर बजार प्रभावित बनेको आरोप लागेसँगै यतिबेला नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत धितोपत्र सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरिरहेको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर मात्र सार्वजनिक निष्कासन स्वीकृति दिने तयारी बोर्डले गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)