ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एअरलाइन्सद्वारा काठमाडौं–शाङ्हाई उडान गर्दै

२०८० मंसिर, ३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हिमालय एअरलाइन्स्ले काठमाडौं–शाङ्हाई–काठमाडौं उडान गर्ने भएको छ । एअरलाइन्स्ले आगामी डिसेम्बर २ देखि हप्ताको एक दिन उडान गर्ने जानकारी दिएको छ । यस उडानले नेपाल र चीनबीचको कनेक्टिभिटी र दुई देशीय सम्बन्धलाई प्रवर्द्धन गर्न थप सहयोग पुग्ने एअरलाइन्स्को अपेक्षा छ । यो रुटको उडानबाट नेपालको संघीय राजधानी काठमाडौं र विश्वव्यापी वित्तीय हवको रूपमा स्थापित चीनको मध्यतटीय शहर शाङ्हाईको यात्राबाट यात्रुले फाइदा लिन सक्ने बताइएको छ । 

यात्रुहरूलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्राका लागि समर्पित रहेको एअरलाइन्स्ले जानकारी दिएको छ । काठमाडौं–शाङ्हाई उडान डिसेम्बर २७ देखि सातामा दुईपटक (शनिवार र बुधवार) सञ्चालन हुने बताइएको छ । यसअघि एअरलाइन्स्ले पेचिङ र चिङताओमा नियमित उडान गर्दै आएको छ । 

हवाई उडानमार्फत दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा गौरवान्वित भएको कम्पनीले बताइएको छ । ‘यो शुरुआतले द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्छ, जसले पर्यटन र व्यापार मात्र नभई सांस्कृतिक आदानप्रदान तथा सीधा नागरिक सम्पर्कलाई पनि सहज बनाउँछ,’ एअरलाइन्स्ले भनेको छ । यो रुटको उडानले नेपालको उड्डयन उद्योगले थप गति लिने कम्पनीको अपेक्षा छ ।

दुवै देशमा पर्यटन तथा व्यापारको अपार सम्भावना भएको र त्यो सम्भावनाबाट फाइदा लिन उडानले निर्णायक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यो नयाँ रुटले थप चिनियाँ पर्यटक थपिने कम्पनीको अनुमान छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)