काठमाडौं। पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा प्रकाश गुरुङ नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो कार्य अनुभव रहेका गुरुङलाई सञ्चालक समितिको बैठकले डेपुटी सीईओमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । साथै कुशल व्यवस्थापकका रूपमा स्थापित उनले यसअघि साइन रेसुंगा डेभलपमेण्ट बैंकको डेपुटी सीईओ तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्यसम्पादन गरिसकेका छन् । नवनियुक्त डेपुटी सीईओ गुरुङले बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो प्रमुख भूमिका रहने बताएका छन् ।