काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा र विक्री दर १३३ रुपैयाँ ५४ पैसा तोकेको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा र विक्री दर १३३ रुपैयाँ ५४ पैसा नै थियो ।
आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ ०२ पैसा र विक्री दर १४५ रुपैयाँ ६८ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ ५६ पैसा र विक्री दर १४५ रुपैयाँ २१ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ४३ पैसा र विक्री दर १८ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ४४ पैसा र विक्री दर १८ रुपैयाँ ५२ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?