काठमाडौं। ज्योति विकास बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकाललाई दिइएको छ । आइतवार बसेको कम्पनीको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो । उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
ढकाल तत्कालीन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् । हाम्रो विकास बैंक ज्योति विकास बैंकमै मर्जर भएर अहिलेको एकीकृत संस्था बनेको हो । ढकालले यसअघि एनआईसी एसिया बैंकको माथिल्लो व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन् ।