काठमाडौं। कुमारी बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका–६ मा जुम्ला शाखा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकको भनाइ छ । आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बैंकले जानकारी दिएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले देशभर रहेका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको बताइएको छ ।