काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०५ पैसा र विक्री दर १३३ रुपैयाँ ५२ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा र विक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ ३६ पैसा र विक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४५ रुपैयाँ ०२ पैसा र विक्री दर १४५ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ५७ पैसा र विक्री दर १८ रुपैयाँ ६५ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ४३ पैसा र विक्री दर १८ रुपैयाँ ५२ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?