ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकको ‘गज्जबको बचत खाता’

२०८० मंसिर, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात रू. १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७ दशमलव ५१ प्रतिशत प्रदान गर्नुका साथै रू. २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, नि:शुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने बताइएको छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले रू. २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । बैंकले दुई महत्त्वपूर्ण साधनलाई एउटै योजनामा आबद्घ गरी ग्राहकमाझ प्रस्तुत गरेको बताएको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा नि:शुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराइएको यो खाता नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खातामा पर्ने बैंकको विश्वास छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)