काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी तीव्र पारिएको बताएको छ । मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडांैको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा अब केही स्टलमात्र बुकिङका लागि बाँकी रहेको बताइएको छ । यस वर्षको मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेशको सहभागिता हुने आयोजकको भनाइ छ । कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ ।